मन्त्री हेरफेरको गृहकार्यमा जसपा

राष्ट्रपाटी न्युज

असार १७, २०७९

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्र सरकारबाट आफ्ना मन्त्रीहरुलाई हेरफेर गर्ने गृहकार्य थालेको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले हालका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई सरकारमा पठाउने गृहकार्य थालेको स्रोतले बताएको छ । मन्त्रीहरु फिर्ता बोलाएर नयाँलाई पठाउने गृहकार्य भइरहेको छ तर को–कोलाई सरकारमा पठाउने भन्ने टुंगो भने नलागेको पार्टी स्रोतले जनाएको छ ।

अहिले सरकारमा जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव रहेका छन् । सत्ता गठबन्धनको एक घटक एकीकृत समाजवादीले मन्त्रीहरु हेरफेर गरिसकेको छ ।


Published :असार १७, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media