काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
आयोग परिसरमा निर्वाचन आयोगले दिएको दल दर्ताको प्रमाण पत्रसहित प्रस्तुत भएका लामिछानेले पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिन्ह गोलाकारभित्रको घण्टी पाएको बताए । उनले प्रस्तावित चुनाव चिन्ह आफूहरुले नै प्रस्ताव गरेको जानकारी दिए ।
यो चुनावचिन्ह अरु पार्टीले नपाएको आयोगले स्वीकार गरेको छ । केही स्वतन्त्र उम्मेदवारहरुले रविको पार्टीको नामले आफूहरुलाई अप्ठेरो पर्ने भन्दै आयोगमा उजुरी दिएका थिए । लामिछानेले आयोगमा दल औपचारिकरुपमा दर्ता भएसँगै अब जनताको बीचमा जाने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीमा २१ जनाको केन्द्रीय समिति रहेको छ । समितिमा रहेका नाम अब औपचारिकरुपमा सार्वजनिक गरिने लामिछानेले जानकारी दिए ।