प्रज्ञा भवनमा माओवादीको केन्द्रीय समिति बैठक सुरु

राष्ट्रपाटी न्युज

असार १९, २०७९

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक प्रज्ञा भवन कमलादीमा सुरु भएको छ । सो बैठकमा अध्यक्ष प्रचण्डले बैठकका कार्यसूचीबारे जानकारी गराएका छन् ।

अध्यक्ष प्रचण्डका अनुसार नयाँ सदस्यहरुको सपथग्रहण, बैठक सन्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेशहरुबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारी र विविध गरी नौ एजेण्डामा छलफल हुने छ ।

प्रचण्डले बैठकका एजेण्डामा थप्ने घटाउने केही भए धारणा राख्न प्रचण्डले मौका दिएका थिए ।


Published :असार १९, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media