सिंहदरबार वैद्यखानाको एक करोड गायब, कर्मचारीबीच हल्लीखल्ली

काठमाडौँ । सिंहदरबार वैद्यखाना विकास समितिको नाममा बैंक अफ काठमाडौँ लुम्बिनीमा राखिएको रु. एक करोड गायब भएको कर्मचारीबीच हल्लीखल्ली मच्चिएको छ । बैंकको मुद्दती खातामा राखिएको रकम कहाँ गयो भन्नेबारेमा जानकारी माग गरे पनि व्यवस्थापनले जवाफ दिएका छैनन् ।

अवकाश कोषमा राख्ने भनिएको रु एक करोड एनआइसी एसिया बैँकमा स्थानान्तरण गरी गायब बनाइएको कर्मचारीको गुनासो छ । समितिका पूर्व निमित्त कार्यकारी निर्देशक डा. सबरी साह आफू आउनुभन्दा अघिको घटना भएकाले आफूलाई रु एक करोडका विषयमा थाहा नभएको बताउँछन् ।

समितिका लेखा अधिकृत रामप्रवेशप्रसाद जयसवाल भने रु एक करोड स्थानान्तरण गरी कार्यालयका नियमित काममा खर्च गरिएको दाबी गर्छन् । त्यसबेला आफू लेखा अधिकृतको जिम्मेवारीमा नभएकाले यसको विस्तृत जानकारी भने आफूसँग नभएको उनको भनाइ छ ।


Published :२० असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media