अर्थमन्त्री शर्माबारे संसदीय छानविन समिति बनाउन माओवादी केन्द्र सहमत

काठमाडौं । अर्थमन्त्रीले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएकोबारे छानविनका लागि संसदीय समिति बनाउन नेकपा माओवादी केन्द्र सहमत देखिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आजको संसद बैठकमा आफ्ना कुरा राखेपछि छानविन समिति गठन गर्न माओवादी केन्द्र सहमत  भएको हो ।

संसदमा बजेट प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरिएको भन्दै नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै आएको छ ।


Published :२२ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media