एक हजार ६०० घट्यो सुनको भाउ

राष्ट्रपाटी न्युज

असार २२, २०७९

काठमाडौं । सुनको भाउ एक हजार ६०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक हजार ६०० रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

त्यसैगरी चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर एक हजार १७५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला एक हजार २०५ रुपैयाँ कायम रहेको थियो ।


Published :असार २२, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media