काठमाडौँ । काठमाडौँका सडकमा साझा यातायातका बिजुली बस सञ्चालनमा आएका छन् । साझा यातायातले बिहीबारदेखि ३ नयाँ बिजुली बस सञ्चालनमा ल्याएको हो ।
चीनबाट पहिलो चरणमा आएका यी ३ बस परीक्षणपश्चात् आजदेखि सेवा सुरु गरिएको हो । काठमाडौँ उपत्यकामा चल्ने यी विद्युतीय सवारीमा महिला चालक र सहचालक समेत परिचालन गरिएका छन् ।
चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखानामा तयार भएका यी बसको ग्रेडबिलिटी टेस्ट पनि सम्पन्न भइसकेको छ । यस्तै बाँकी ३७ वटा बस पनि आगामी दिनमा डेलिभर हुनेछन् ।