मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा बिहानैदेखि मौसम बदली रहेको छ ।

अहिले बिहान प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही थौरै स्थानमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा भने साँझपख हल्का बर्षा हुने महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । महाशाखाका अनुसार प्रदेश नं १ र मधेश प्रदेशका एक-दुई स्थान साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ ।

महाशाखाले आगामी आइतबारसम्मै पानी पर्ने पूर्वानुमान गरेको छ । भोलि शनिबार पनि प्रदेश नं १ र बाग्मती प्रदेशका एक-दुई स्थानहरूमा साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णीली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १ र मधेश प्रदेशका एक-दुई स्थानहरु साथै बाग्मती प्रदेश, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले पहाडी क्षेत्रमा पहिरो तथा नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ


Published :२४ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media