पछिल्लो २४ घण्टामा १०२ जना कोरोना संक्रमित थपिँदा ३१ जना निको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६१५ जनाको परीक्षण गरिएको थियो ।

१५३९ जनाको पिसिआर गर्दा ७२ र १०७६ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।

त्यस्तै सोही अवधिमा ३१ जना संक्रमणबाट निको भएका छन् । अहिले देशभर ६०५ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।


Published :२५ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media