आज देशका अधिकांश स्थानमा वर्षा हुने, आवश्यक सतर्कता अपनाउन आग्रह

राष्ट्रपाटी न्युज

असार २६, २०७९

काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

आइतबार बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा सामान्यता देखि पूर्ण बदली रही देशको बाँकी भू-भागमा आँशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित वर्षा भइरहेको छ।

काठमाडौं उपत्यकामा भने आइतबार बिहान मौसम सफा रहेको छ । दिउँसोदेखि बदली भई साँझ पख केही स्थानमा बर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती देशका पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।


Published :असार २६, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media