नेपाल र नामिबियाबीचको क्रिकेट प्रतिस्पर्धा आज दिउँसो ३ बजे हुँदै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत आज नेपाल र नामिबियाबीच खेल हुने भएको छ । आइतबारदेखि स्कटल्याण्डमा सुरु भएको नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपाल र नामिबियाबीच आज खेल हुने भएको हो ।

नेपालले लिग टु मा नामिबियासँग पहिलो पटक खेल्न लागेको हो । यस्तै एक दिवसीय मान्यता पाएपछि पनि नेपालको नामिबियासँग यो पहिलो खेल हुनेछ ।

नेपाल १६ खेलबाट १५ अंकसहित पाँचौ स्थानमा रहेको छ भने १५ खेलबाट १४ अंकसहित नामिबिया छैटौं स्थानमा छ । नामिबियालाई पराजित गरेमा नेपालले अंकदूरी बढाउनेछ भने नामिबिया नेपाललाई हराएर अंकतालिकामा सुधार गर्ने दाउमा रहेको छ ।

शृंखलाको पहिलो खेलमा नामिबिया घरेलु टोली स्कटल्याण्डसँग पराजित भएको थियो ।

नेपाल-नामिबियाको खेल दिउँसो सवा तीन बजेदेखि सुरु हुनेछ । लिग टु मा नेपाल र नामिबियाबीच एक अंकको मात्र अन्तर छ ।


Published :२७ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media