पछिल्लो २४ घण्टामा थप १६८ जना कोरोना संक्रमित

राष्ट्रपाटी न्युज

असार २७, २०७९

काठमाडौं । नेपालमा फेरि कोरोना संक्रमित हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा देशभर थप १६८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनामा गरिएको परीक्षणमा १६८ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल ७७० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।


Published :असार २७, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media