भारतको गुजरातमा भारी वर्षा र बाढीले ६३ जनाको मृत्यु

काठमाडौं । भारतको गुजरातमा भारी वर्षा र बाढीका कारण २४ घण्टाको अवधिमा ६३ जनाको मृत्यु भएको छ ।

बाढीका कारण १० हजारभन्दा बढीलाई सरकारले सुरक्षित स्थानमा सारेको छ । आठ जिल्लामा रेड अलर्ट जारी गरिएको छ ।

मध्य प्रदेश र कर्नाटकमा पनि भारी वर्षाले जनजीवन कष्टकर बनेको भारतीय सञ्चारमाध्यकहरुले जनाएका छन् । भारतको मौसम विज्ञान विभागले मंगलबार पनि उत्तराखण्ड र केरलामा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

गुजरातको अम्बिका नदीमा फसेका सरकारी कर्मचारीहरुलाई हेलिकोप्टरको सहायतमा उद्धार गरिएको छ । भारी वर्षाका कारण गुजरातका विभिन्न जिल्लाका सबै स्कुल र कलेजहरु पनि बन्द गरिएका छन् ।


Published :२८ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media