आईसीसी विश्वकपमा नामिबियाद्वारा नेपाल ४० रनले पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत स्कटल्याण्डमा जारी शृंखलामा नेपाल सोमबार नामिबियासँग ४० रनले पराजित भएको छ ।

नामिबियाले दिएको २२१ रनको लक्ष्य पछ्याएको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १८० रन मात्र बनायो ।

यस जितसँगै नामिबयाले अंकतालिकामा नेपाललाई पछि पारेको छ । नामिबिया १६ खेलबाट १६ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ । १७ खेलबाट १५ अंक रहेको नेपाल छैटौं स्थानमा झरेको छ । नेपालले बुधबार घरेलु टोली स्कटल्याण्डसँग खेल्नेछ ।


Published :२८ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media