सरकारविरुद्ध युवा संघको प्रदर्शन, हतियार किन्ने निर्णय फिर्ता नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट राष्ट्रिय युवा संघले सरकारविरुद्ध प्रदर्शन गरेको छ । मंगलबार युवा संघका कार्यकर्ताले काठमाडौंको माइतीघरमा जम्मा भएर विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनका क्रममा उनीहरुले ‘हतियारको खेलोमा, श्रीलंकाको मेलोमा, गठबन्धनको उपहार महँगी र भ्रष्टाचार’ जस्ता चर्का नारा सरकारविरुद्ध लगाएका थिए ।

विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै युवासंघका अध्यक्ष किरण पौडेलले सरकारको जनघाती निर्णयविरुद्ध प्रदर्शनमा उत्रनुपरेको बताए । उनले नेपालको अर्थतन्त्र कमजोर रहेको अवस्थामा कमिसनका लागि अनावश्यक हतियार किन्ने सरकारले किसानलाई चाहिने मल किन्नतिर भने ध्यान नदिएको बताए । उनले हतियार किन्ने निर्णय फिर्ता नगरे कडा आन्दोलनमा उत्रिने  चेतावनी दिए ।


Published :२८ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media