प्याब्सकले गुरुपूर्णिमा तथा शिक्षक सम्मान कार्यक्रम आयोजना गर्ने

राष्ट्रपाटी न्युज

असार २८, २०७९

काठमाडौँ। निजि तथा आवासिय विद्यालय संगठन काठमाडौँ (PABSOK) ले गुरुपूर्णिमाको दिन विगत बर्षहरुमाझैँ यो वर्ष पनि गुरुपूर्णिमा तथा शिक्षक सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ। यही असार २९ गते बुधबार दिनको ३ बजे धुम्बाराही स्थित कार्की पार्टी प्यालेसमा भव्य कार्यक्रम आयोजना गर्न लागिएको निजि तथा आवासिय विद्यालय संगठन काठमाडौँ (PABSOK) का महासचिव राजन श्रेष्ठले जानकारी दिएका छन्।

उक्त कार्यक्रममा निजि तथा आवासिय विद्यालय संगठन काठमाडौँ (PABSOK) मा आबद्द ४० भन्दा बढी बिधालय, बिधालय संचालकहरु र त्यहाँ कार्यरत शिक्षक शिक्षिकाहरु गरि झन्डै ५०० जना सहभागी हुनेछन् । निरन्तर बिधालयमा आफ्नो कार्यमा खट्ने शिक्षक शिक्षिकाहरुले गुरुपूर्णिमाको दिन विविध सांस्कृतिक र मनोरन्जनात्मक कार्यक्रम तथा प्रस्तुतिहरु दिने र उत्कृष्ट शिक्षक शिक्षिकाहरुलाइ सम्मान समेत गरिने आयोजकले जानकारी दिएको छ।


Published :असार २८, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media