कांग्रेस बैठकमा उठ्यो प्रदेश र धर्मनिरपेक्षता खारेजीको माग

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा प्रदेश र धर्मनिरपेक्षता खारेज गर्नुपर्ने माग उठेको छ । बैठकमा केन्द्रीय सदस्य भीम पराजुलीले यस्तो माग राखेका हुन् ।

केन्द्रीय सदस्य पराजुलीले देशमा धार्मिक बहसका कुरा पनि उठिरहेका, धर्मान्तरणका कुराहरु पनि त्यतिकै आएका, यी सबै कुराहरुलाई रोक्न वैदिक सनातन धर्मको मूल्य मान्यता अनुसार हिन्दु धर्मलाई मुख्य एजेन्डा बनाई नेपाली कांग्रेसले धर्मनिरपेक्षता हटाई धार्मिक स्वतन्त्रता कायम गर्न केन्द्रीय कार्यसमितिमा प्रस्तावको रूपमा राख्नुपर्ने बताए । उनले भने, ‘यसले कांग्रेसलाई सम्पूर्ण रूपमा हित गर्ने छ । यस एजेन्डालाई नेपाली कांग्रेसले नै नेतृत्व लिओस् भन्ने मेरो आग्रह छ।’

उनले अहिलेकै अवस्थामा प्रदेश सरकार चलिरहे देशमा योभन्दा ठूलो बेथिति र जनतामा वितृष्णा पैदा हुने आशंका गरे । यसबाट चरम आर्थिक संकट निम्तिने खतरा बढ्ने देखिने भन्दै उनले प्रदेश सरकार बलियो नबनाउने हो भने हटाउँदा ठीक हुने बताए । यसअघि मंगलबारको बैठकमा पनि धर्म निरपेक्षताको पुनरावलोकन गर्नुपर्ने माग उठेको थियो ।


Published :२९ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media