लुम्बिनी प्रदेशले जित्यो १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेशले १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को आयोजनामा भएको प्रतियोगितामा लुम्बिनीले १६ स्वर्ण, ११ रजत र ११ कास्य जित्दै उपाधि रक्षा गरेको हो । १६ स्वर्ण, ९ रजत र २० कास्यसाथ बागमती प्रदेश दोश्रो तथा ८ स्वर्ण, ९ रजत र ८ कास्यसाथ सुदूरपश्चिम प्रदेश तेश्रो बनेका हुन् । ५० स्वर्णका लागि भएको प्रतिस्पर्धामा गण्डकी र कर्णालीले समान ५–५ स्वर्ण हात पारे ।

प्रतियोगितामा ४ कीर्तिमान बने । चारै कीर्तिमान लुम्बिनीका खेलाडीले बनाएका थिए । निशा चौधरीले मात्र २ व्यक्तिगत र एक टिममा गरी ३ कीर्तिमान बनाएकि थिइन् । छात्र लङजम्पमा सुदिप थारुले कीर्तिमान रचेका थिए ।

तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुमा ५ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नगद पुरस्कार राशी कुल ९ लाख ४५ हजार रहेको थियो ।


Published :३० असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media