प्याब्सकद्वारा आयोजित गुरु पूर्णिमा तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न ( फोटो फिचर )

काठमाडौं । निजी तथा आवसीय विद्यालय संगठन काठमाण्डौ (प्याब्सक) द्वारा आयोजित गुरु पूर्णिमा तथा शिक्षक सम्मान कार्यक्रम-२०७९ सम्पन्न भएको छ। प्याब्सकले विगत बर्षहरुमाझैँ यो वर्ष पनि गुरुपूर्णिमा तथा शिक्षक सम्मान कार्यक्रम आयोजना गरेको हो । यही असार २९ गते बुधबार गुरुपूर्णिमाको दिन धुम्बाराही स्थित कार्की पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

उक्त कार्यक्रममा निजि तथा आवासिय विद्यालय संगठन काठमाडौँ (PABSOK) मा आबद्द ४० भन्दा बढी बिधालय, बिधालय संचालकहरु र त्यहाँ कार्यरत शिक्षक शिक्षिकाहरु गरि झन्डै ५०० जना सहभागी भएका थिए । बिभिन्न बिधालयमा कार्यरत शिक्षक शिक्षिकाहरुले गुरुपूर्णिमाको दिन विविध सांस्कृतिक र मनोरन्जनात्मक प्रस्तुतिहरु दिएका थिए भने  उत्कृष्ट शिक्षक शिक्षिकाहरुलाइ सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका महामन्त्री एबम साम्सद गगन कुमार थापा रहेका थिए भने नेशनल प्याब्सनका रास्ट्रीय अध्यक्ष पाण्डव हमाल,नेशनल प्याब्सनका केन्द्रिय तथा जिल्ला र विभिन्न नगर समितिका नेतागणहरुको उपश्थिति रहेको थियो।

उक्त कार्यक्रमको मुख्य प्रायोजक आदिम नेशनल कलेज रहेको थियो भने अन्य प्रायोजकहरुमा मनास्लु वर्ल्ड कलेज ,विनायक सिद्द कलेज तथा पुस्पलाल मेमोरियल कलेज रहेका थिए।

प्याब्सकका अध्यक्ष गेंद्र लामाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन महासचिव राजन श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष एबम कार्यक्रम संयोजक समिर बास्तोला राखेका थिए।

फोटो फिचर :


Published :३० असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media