उपसभामुख चयनका लागि आज मतदान, पुष्पा भुसाल र विद्या भट्टराई चुनावी मैदानमा

काठमाडौं । प्रतिनिधिसभाको रिक्त रहेको उपसभामुख चयनका लागि आज मतदान हुने भएको छ । मतदान संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे हुने भएको हो ।

यसअघि उपसभामुख मनोनयन दर्ताको समय बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म निर्धारण गरेको थियो । निर्धारित समयभित्र नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल र नेकपा एमालेकी सांसद विद्या भट्टराईले मात्र उम्मेदवारी दर्ता गराएका थिए । यिनै दुई उम्मेद्वारबीच चुनावी मैदानमा प्रतिस्पर्धा हुने भएको छ ।

नेपाली कांग्रेस संसदीय दलकी सचेतकसमेत रहेकी सांसद भुसाल सत्तारूढ गठबन्धनकी साझा उम्मेदवार हुन् ।

उता प्रमुख विपक्षी दल नेकपा एमालेबाट सांसद विद्या भट्टराईले उम्मेदवारी दिएकी छन् ।

शिवमाया तुम्बाहाम्फेले पदबाट राजीनामा दिएपछि २०७६ देखि उपसभामुख पद रिक्त रहेको छ ।


Published :३१ असार २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media