गभर्नर अधिकारीविरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । माइतीघर मण्डलाअगाडि शुक्रबार बिहान नेविसंघले गभर्नरविरुद्ध प्रदर्शन गरेको हो ।

गभर्नर अधिकारी प्रमुख प्रतिपक्ष दल एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको आरोप लगाउँदै गर्दै नेविसंघले उनको राजीनामा माग गरेको हो ।

नेविसंघका नेता मदन उपाध्यायले राष्ट्र बैंकका गभर्नर जस्तो व्यक्ति कुनै पार्टीको कार्यकर्ता हुनु राष्ट्रकै लज्जाको विषय भएको आरोप लगाए । उनले गभर्नर अधिकारीको राजीनामा नआए आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी समेत दिए । आन्दोलनमा नेविसंघ एनसीसी कलेजका नेता अन्सुल केसी, त्रिविका नेता विष्णु बडैला, श्याम पाण्डे, राज ठकुराठी, टिकेष भट्ट, सदीक्षा आचार्यलगायत नेताहरू छन् ।


Published :३१ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media