थप २ सय २९ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ सय २९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ६ सय ४४ पिसिआर परीक्षणका क्रममा १ सय ६१ जना र २ हजार ७४ एन्टीजेन परीक्षणका क्रममा ६८ जना कोरोना संक्रमित थपिएका हुन् ।

कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४८ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ९ सय ६ जना निको भएका छन् ।

हाल नेपालमा १ हजार २ सय ८४ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


Published :३१ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media