आज साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

राष्ट्रपाटी न्युज

२ श्रावण २०७९

काठमाडौँ । आज साउन महिनाको पहिलो सोमवार । यसै अवसरमा देशभरका शिवालयमा भक्तजनहरुको भीड लागेको छ ।

ज्योतिष शास्त्रानुसार सोमवारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ । अझ यो महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ । यस दिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ । हस्ता नक्षत्रयुक्त सोमवारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ ।

काठमाडौंको पशुपति नाथको मन्दिरमा पनि भक्तजनहरुको उल्लेख्य भीड रहेको छ । साउन महिना शिवको प्रिय महिना भएकोले साउनको सोमवार विशेष पूजा आराधना गर्ने गरिन्छ । साउने सोमवारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोवाञ्छित कामना सिद्ध हुने विश्वास रही आएको छ ।


Published :२ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media