श्रीलंकाको संसदमा आज नयाँ राष्ट्रपतिका लागि मतदान हुँदै

राष्ट्रपाटी न्युज

४ श्रावण २०७९

काठमाडौँ । श्रीलंकामा आज नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने भएको छ । श्रीलंकाको संसदले नयाँ राष्ट्रपतिका लागि मतदान गर्दै छ । राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि संसदमा मतदान हुने भएको हो ।

आज हुने निर्वाचनका लागि तीनजना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरेका छन् ।

राजापाक्षेको स्थानमा आउने नयाँ राष्ट्रपतिले देशमा जारी अभूतपूर्व संकट समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास गरिएको छ । श्रीलंकाका २ करोड २० लाख मानिस खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सेवाको अभाव झेलिरहेका छन् ।

अभूतपूर्व आर्थिक संकटका कारण महिनौंदेखिको प्रदर्शनपछि राजापाक्षेलाई सेनाले उद्धार गरेर अज्ञात स्थल लगेको थियो । उनी माल्दिभ्स हुँदै सिंगापुर भागेका थिए । सिंगापुर सरकारले राजापाक्षेलाई शरण नदिएको बरु उनी निजी भ्रमणका क्रममा त्यहाँ आएको बताएको छ ।


Published :४ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media