मावि तहको अध्यापन अनुमतिपत्रमा २३ हजार परीक्षार्थी सफल

राष्ट्रपाटी न्युज

४ श्रावण २०७९

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्र (टिचिङ लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ ।

अयोगले असार १८ गते सञ्चालन गरेको लिखित परीक्षामा सहभागी उम्मेदवारहरूको नतिजा प्रदेशगत सार्वजनिक गरेको छ । सहभागीमध्ये २३ हजार जनाले अध्यापन पत्र पाउन सफल भएका छन् । आयोगको अनुसार ४३९ परीक्षार्थीले सेट अथवा की लेख्न नजानेकाले परीक्षा रद्द गरिएको जनाएको छ ।

अध्यापन अनुमति पत्र परीक्षामा समावेश भएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइबाट वितरण हुने आयोगले जनाएको छ । त्यसका लागि आयोगले केही दिनमा सूचना जारी गर्ने जनाएको छ । आयोगले अध्यापन अनुमति पत्रको परीक्षाको नतिजा चित्त नबुझेमा पुर्योगको व्यवस्था गरेको छैन ।


Published :४ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media