नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक दाशानायकेले दिए राजीनामा

राष्ट्रपाटी न्युज

४ श्रावण २०७९

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दाशानायकेले पदबाट राजीनामा दिएका छन् । पुबुदुले नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुईवर्षे सम्झौता गरेका थिए ।

राष्ट्रिय टिमको पछिल्लो प्रदर्शन निरन्तर खस्किँदा पुबुदुले पद छाड्ने घोषणा गरेका हुन् । उनले एक साताअघि नै मेलमार्फत् क्यानलाई राजीनामा पत्र बुझाएका थिए । उनले राजीनामापत्रमा व्यक्तिगत कारण भनेका छन् ।

आज पत्रकार सम्मेलन गरी उनले पद छाडेको जानकारी गरेका हुन् । पुबुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए । त्यस समयमा नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गरेको थियो भने सन् २०१४ मा वंगलादेशमा आयोजित टी–२० विश्वकपमा ऐतिहासिक छनोट भएको थियो ।


Published :४ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media