क्यानडा क्रिकेटको मुख्य प्रशिक्षकमा नियुक्त भए पुबुदु दासानायके

राष्ट्रपाटी न्युज

४ श्रावण २०७९

काठमाडौं । केही घण्टाअघि मात्रै नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका पुबुदु दासानायके क्यानडा राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

दिउँसो तीन बजे पत्रकार सम्मेलन गरेर व्यक्तिगत कारण देखाएका पुबुदुलाई त्यसको तीन घण्टा पनि बित्न नपाउँदै क्रिकेट क्यानडाले प्रशिक्षकमा नियुक्त गरेको हो ।

यसअघि क्यानले पत्रकार सम्मेलन अपराह्न चार बजे गर्ने तयारी गरे पनि अन्य कार्यक्रमसँग समय जुधेपछि एक घण्टा छोट्टाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै पुबुदुले आफु व्यक्तिगत कारण नेपाली टिम छाडेको र टिम छाड्दा दुखी भएको बताएका थिए ।


Published :४ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media