थप ४३५ जनामा कोरोना संक्रमण, ५६ जना संक्रमणमुक्त

राष्ट्रपाटी न्युज

५ श्रावण २०७९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४३५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६६७ पीसीआर परीक्षणमा ३१७ जना र एक हजार ९०२ एन्टिजेन परीक्षणमा ११८ जना गरी ४३५ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५६ रहेको हो । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ५३७ पुगेको छ ।


Published :५ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media