काठमाडौं क्षेत्र नम्बर ४ मा अब एमालेले जित्छ- डा राजन भट्टराई

राष्ट्रपाटी न्युज

५ श्रावण २०७९

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख डा. राजन भट्टराईले काठमाडौं क्षेत्र नम्बर ४ मा अब एमालेले जित्ने दाबी गरेका छन् । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित नयाँ बस्तीमा आयोजित एक सम्मान कार्यक्रममा बोल्दै भट्टराईले यस क्षेत्रबाट निर्वाचित भएर गएका सांसदले क्षेत्र नम्बर ४ को पूर्वाधार निर्माण र विकासको काम गर्न बिर्सेको भन्दै जनताले अब भने एमालेलाई भोट दिने दाबी गरे।

आफूहरु जे बोल्ने त्यही गर्ने खालको राजनीतिक संस्कारमा रहेको भन्दै क्षेत्र नम्बर ४ को विकासमा आफूले स्थानीय तहसँग समन्वय गरेर ठूलो योगदान गरेको बताएका छन् । बुढानीलकण्ठ नगरपालिकामा आफ्नो पहलमा ६ अर्बभन्दा बढीको बजेट ल्याउन सफल भएको भन्दै एक घर एक पानीसहितको धाराको नारालाई सार्थक रुप दिन पहल गरिएको दाबी गरेका छन्। खानेपानीअन्तर्गत बुढानीलकण्ठ नगरपालिकालाई मेलम्चीको खानेपानी वितरण गर्ने कार्य गर्न सफल भएको भन्दै मेलम्ची खानेपानी योजना प्राप्त गर्ने यो नगरपलिका पहिलो नगरपालिका भएको जानकारी दिएका थिए । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ मा रहेको चिहाने खोला करिडोर बनाउने योजना काटिएको भन्दै उक्त कार्य सम्पन्न गर्न आफूले पहल गरिराखेको बताउँदै भट्टराईले जनताले अब एमालेलाई भोट दिने दाबी गरेका थिए।

भारतको नयाँ दिल्लीमा भएको माओबादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री पत्नी एबम कांग्रेस नेत्री आरजु देउबाको भेट तर्फ लक्षित गर्दै भट्टराईले बिदेशमा साढे दुइ साढे दुइ बर्षको भागबण्डा भएको भए पनि त्यसलाई एमालेले असफल बनाएर छाड्ने घोषणा गरेका थिए।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराइले यो देशलाइ बिगार्ने पार्टी कांग्रेस भएको भन्दै त्यस भित्र पनि धेरै भ्रष्टको रुपमा रहेका शेर बहादुर देउवालाइ प्रधानमन्त्री बनाएर कथित कम्युनिष्टहरुले प्रतिगामी गठबन्धन गरेको दावी गरेका थिए।

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित नयाँ बस्तीमा आयोजित कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकामा भर्खरै स्थानीय तहमा निर्वाचित नगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, वडा नम्बर १३ का वडाध्यक्ष टिकेशनारायण श्रेष्ठ लगायतले आफ्नो मन्तव्य राखेका थिए।

कार्यक्रममा बोल्ने बक्ताहरुको मन्तव्यले देश आमनिर्वाचनमा गएको संकेत गरेको थियो । पार्टीले आधिकारिक निर्णय गर्न बाँकी भए पनि नगरप्रमुख मिठाराम अधिकारीले डा‍. भट्टराई नै उम्मेदवार रहने भन्दै जनतासँग भोट समेत मागेका थिए । अन्य वक्ताहरुको मन्तव्यले समेत यही संकेत गरेको थियो।


काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा उमेद्वार उठ्ने करिब निश्चित नै छ। यसपटक पनि नेकपा एमालेबाट डा राजन भट्टराई र नेपाली कांग्रेस वा गठबन्धनबाट गगन थापाबिचमा रोचक प्रतिष्पर्धा हुने परिस्थिति बनेको देखिन्छ।


Published :५ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media