त्रिविका उपकुलपतिसहित पदाधिकारीहरूको राजीनामा

राष्ट्रपाटी न्युज

बैशाख १७, २०८३

काठमाडौं । सरकारले राजनीतिक नियुक्त खारेज गर्ने तयारी गरेपछि त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित पदाधिकारीहरूले राजीनामा दिएका छन्।

उपकुलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाएका हुन् ।

शिक्षाध्यक्ष केसीले आफूहरू कक्षाकोठामा रमाउने प्राध्यापक भएकाले नयाँ सरकारलाई मार्ग प्रशस्त गर्न राजीनामा दिएको बताए । हालै सिफारिस भएको अध्यादेशमा पदाधिकारी हटाउन सक्ने प्रावधान राखिएको र सत्तारूढ दलका नेताहरूको पनि त्यस्तै संकेत देखिएपछि राजीनामा दिएको उनको भनाइ छ ।


Published :बैशाख १७, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media