काठमाडौं क्षेत्र नं ४ (ख) को माननीयमा मेरो दावेदारी स्वभाविक-श्रीकृष्ण श्रेष्ठ

राष्ट्रपाटी न्युज

११ श्रावण २०७९

काठमाडौं। नेकपा एमाले बूढानिलकण्ठ नगर कमिटि सचिव एबम बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ का पुर्व वडाध्यक्ष श्री कृष्ण श्रेष्ठले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ प्रदेश (ख) को माननीयमा आफ्नो दावेदारी स्वाभाविक भएको बताएका छन्। आफू नेकपा एमाले पार्टीको अनुशासित कार्यक्रता भएकाले संधै पार्टीको निर्णय मान्न तयार भएको बताउंदै पार्टीले अब टिकट वितरणमा समेत परिवर्तनको आबश्यकतालाइ महसुस गर्नेमा आफू ढुक्क रहेको दावी गरेका छन्। आफ्नो कार्यकालमा चुनिखेल क्षेत्रले मुहार फेरेको भन्दै उनले अब पुरै काठमाडौंको मुहार फेर्ने अभियानमा आफू नेतृत्व लिन तयार रहेको बताएका छन्।

केहि महिना पछि हुने गरि घोषणा हुन लागेको संघीय एबम प्रदेश तहको आमनिर्वाचनको माहोल बिस्तारै तात्न थालेको छ। यस अघि काठमाडौं क्षेत्र नम्बर ४ मा संघीय प्रतिनिधिसभाको लागि नेपाली कांग्रेसका गगन थापाले विजय हाँसिल गरेका थिए भने प्रदेशसभा सदस्यका लागि क्षेत्र (क) बाट नेपालि कांग्रेस र (ख) बाट नेकपा एमालेले विजयी हाँसिल गरेका थिए। प्रदेश (ख) बाट बिजयी साम्सद कुशुम कुमार कार्की नेकपा एमालेको बिभाजन संगै एकीकृत समाजवादी तिर लागेपछि अहिले एमाले भित्र कसले टिकट ल्याउने भन्ने रस्साकस्सी शुरु भैसकेको छ। स्रोतका अनुसार अहिले नेताहरुको घर घरमा पुग्ने र बिभिन्न गुट, उपगुट एबम समुहहरुमा छलफल गर्ने कार्य व्यापक रुपमा चल्न थालेको छ।

अहिले काठमाडौं क्षेत्र नं ४ प्रदेश (ख) को माननीयमा आफ्नो दावेदारी धेरैले प्रस्तुत गर्न थालेको एकजना स्थानीय एमाले नेता बताउंछन्। ति मध्य श्री कृष्ण श्रेष्ठका अतिरिक्त पुर्व मेयर उद्दव खरेल , जयराम थापा , बिदुर बिक्रम खड्का , लक्ष्मी संग्रौला , राजन पोख्रेल लगायतको नाम समेत चर्चामा आउन थालेको छ। यस क्षेत्रबाट संघीय प्रतिनिधि सभाको लागि भने एमालेको तर्फबाट डा राजन भट्टराई उठ्ने करिव निश्चित नै छ। प्रदेश साम्सदको लागि समेत उनको सहजताको लागि उनले नै छानेको उम्मेदवार बन्ने सम्भावना तेतिकै छ।


Published :११ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media