एक बर्षभित्र कपन डुवान समस्या समाधान गर्न सकिन्छ !!! – नवराज भट्टराई

राष्ट्रपाटी न्युज

१२ श्रावण २०७९

बूढानिलकन्ठ। बूढानिलकन्ठ नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष एबम नेकपा एमालेका यूवा नेता नबराज भट्टराईले १ बर्ष भित्र कपन बाढी समस्या समाधान गर्न सकिने दावी गरेका छन् । उनले साततले आनिगुम्बाको डुबानको समस्या समाधानको निम्ति १ बर्ष भित्र काम सम्पन्न गर्न सकिने खुला प्रस्ताव सहितको बिशेष अपिल जारि गरेका छन्।

उनले अहिलेको ठेक्का प्रणालिबाट समयमा काम नसकिने भन्दै १ बर्ष भित्र काम सक्न उपभोक्ता समिति मार्फत काम गर्नुपर्ने तर्क गरेका छन्। १ करोड सम्मको काम उपभोक्ता समिति मार्फत गर्ने ब्यबस्था खरिद ऐनमा उल्लेख भएको भन्दै उनले करिब ५३/५४ वटा उपभोक्ता समिति बनाएर एक साथ काम गर्ने हो भने सहज ढङगले समयमै सम्पन्न गर्न सकिने दावी गरेका छन्। यसअघि धोबिखोला करिडोरमा वाल लगाउने काम पनि यसरि नै सम्पन्न गरिएकोले छिटो भएको उनको भनाइ छ। केहि बर्ष अघि तेञ्जिङ्ग चोकमा पनि उपभोक्ता समिति बनाएर बक्स कल्भर्ट निर्माण कार्य संचालन गरिएको थियो।

त्यसैगरि वडाध्यक्ष भट्टराईले बाढी आएको समयमा आफ्नै घर अगाडी बगेको पानीको भेलमा फोहोरका पोकाहरु फाल्ने कार्य गर्ने व्याक्तिलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन्। कपनबाढी संग सम्बन्धित विषयमा आफ्नो सामाजिक संजाल फेसबुक मार्फत अनुरोध गर्दै उनले बाढी आएको समयमा आफ्नै घर अगाडी बगेको पानीको भेलमा फोहोरका पोकाहरु फाल्ने कार्य अत्यन्त गैरजिम्मेवार एबम कुसंस्कारयुक्त भएको भन्दै कडा टिप्पणी गरेका छन्।

घरको फोहोर घरमै ब्यबस्थापन गर्न प्रयत्न गर्ने, नसके फोहोरमैला संकलकलाइ पठाउन आग्रह गर्दै उनले बाढिका नाममा फोहोर फाल्ने प्रवृतिको अन्त्य गर्न आव्हान गरेका छन् । अटेर गरि फोहोर फालेमा फोहोर फाल्ने ब्यक्तिको पहिचान गरि बाताबरण संरक्षण ऐन २०७७ तथा बूढानिलकन्ठ नगरपालिकाको फोहोरमैला ब्यबस्थापन कार्यबिधि २०७७ अनुसार कडा भन्दा कडा कारबाहि हुने चेतावनी दिएका छन् ।


Published :१२ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media