महँगी र भ्रष्टाचारविरुद्ध साउन १६ गते एमालेको प्रदर्शन

राष्ट्रपाटी न्युज

१२ श्रावण २०७९

काठमाडौँ । नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध साउन १६ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित बैठकमा महासचिव शङ्कर पोखरेलले साउन १६ गते आयोजना गरिएको जनप्रदर्शनमा कम्तीमा ४० हजार मानिस सहभागी गराउने गरी उपत्यकाका पार्टी कमिटी र जनसङ्गठनलाई निर्देशन दिएका छन् ।
सिङ्गो शक्ति परिचालन गरी बढीभन्दा बढी जनतालाई सडकमा ल्याउन सबै जनसङ्गठन र उपत्यकाभित्र रहेका सबै पार्टी कमिटीले विशेष ध्यान दिनुपर्ने महासचिव पोखरेलले बताएका छ ।
आन्दोलन परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले जनप्रदर्शन विशेष रहेकोले उपत्यकाका सबै जनतालाई उतार्ने गरी अभियान चलाइएको बताएका छन् ।
महँगी विरुद्धको जनप्रदर्शनलाई सबैको साझा बनाएर अघि बढ्ने संयोजक श्रेष्ठले बताएका छन् ।


Published :१२ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media