बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी दर्ता

राष्ट्रपाटी न्युज

१२ श्रावण २०७९

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् । जनता समाजवादी पार्टीबाट अलग भएका उनले नयाँ पार्टी दर्ता गरेका हुन् ।

भट्टराईले २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा तत्कालीन नयाँ शक्तिबाट आँखा चुनाव चिन्ह लिएर चुनाव जितेका थिए । जसपामा विवाद भएपछि पछिल्लो समय उपेन्द्र यादव र भट्टराई अलग भएका हुन् ।


Published :१२ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media