संघीय लिम्‍बूवानका ५० बढी नेता-कार्यकर्ता एमाले प्रवेश

राष्ट्रपाटी न्युज

१४ श्रावण २०७९

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले संघीय लिम्बूवान मञ्च इलामका ५० जनाभन्दा नेता तथा कार्यकर्तालाई एकैपटक एमालेमा प्रवेश गराएका छन् ।

चुलाचुलीमा आयोजित कार्यक्रममा मञ्चका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको केन्द्रीय सचिवालय सदस्य तथा रेड जोन कमाण्डर तिलकसिंह फागोको कमाण्डमा ५० जना एमाले प्रवेश गरेका हुन् । फागो गत स्थानीय निर्वाचनमा वडाध्यक्षको उम्मेद्वार बनेका थिए ।

अध्यक्ष ओलीले एमालेका नवप्रवेशीहरुलाई पार्टीले उचित जिम्मेवारी दिने बताए । उनले एमालेको विचार र सिद्धान्तले मात्र देशमा समृद्धि हासिल हुने दाबी गरे । उनले इलामको क्षेत्र नं २ पर्यटकीय हिसाबले धेरै मह्त्वको भए पनि पूर्वाधारको अभावमा यहाँ पर्यटकको आगमन सोचेजस्तो हुन नसकेको बताए ।


Published :१४ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media