काठमाडौंको तारकेश्वरमा एकै परिवारका ४ जना मृत फेला

राष्ट्रपाटी न्युज

१६ श्रावण २०७९

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा एकै परिवारका चार जना मृत फेला परेका छन् । तारकेश्वर नगरपालिका- २ पदमसालमा एकै परिवारका चार जना मृत भेटिएका हुन् ।

गोरखा घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डे, उनकी श्रीमती सुनीता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका मृत फेला परेका तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले बताए ।

उनले भने- ‘दिनेशले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरिएको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित गरिसकेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिएका छन् ।

 


Published :१६ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media