विप्लवका नेतालाई पक्राउ पुर्जी जारी गरेकोप्रति एमालेको आपत्ति  

राष्ट्रपाटी न्युज

१७ श्रावण २०७९

काठमाण्डौं । नेकपा एमालेले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेतालाई कारबाहीका लागि पक्राउ पुर्जी जारी गरेकोप्रति आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै एमाले सांसद विशाल भट्टराईले सरकारले शान्ति प्रक्रियामा आएर प्रतिष्पर्धात्मक गतिविधिमा सहमति जनाइसकेको दललाई पुनः शान्ति प्रक्रियाबाट बिथोलेर जनतामा त्रासको वातावरण फैलाएको आरोप लगाए ।

उनले यदि सरकारले विप्लव लगायतका शान्तिप्रकृयामा आइसकेका नेताहरुलाई पक्राउ पुर्जी जारी गरेकोप्रति आपत्ति जनाउँदै सरकारले त्यसबाट तत्काल पछि हटेर पक्राउ पुर्जी फिर्ता लिनुपर्ने बताए ।

सांसद भट्टराईले हिंसाको बाटो रोजेको विप्लव र सिके राउतको पार्टीलाई शान्तिपथमा ल्याउन तत्कालीन केपी ओली शर्मा नेतृत्वको सरकारले धेरै मिहेनत गरेको भन्दै यसलाई अहिलेको सरकारले पनि निरन्तरता दिनुपर्ने बताए ।

उनले विपद् व्यवस्थापन प्राधिकरण निस्क्रिय भएको भन्दै नेपाल सरकार र स्थानीय सरकारको तर्फबाट केही दिन अघिमात्रै खोटाङमा गएको भूकम्पको क्षति विवरण संकलन गरी जनतालाई राहत दिन सुझाव दिँदै भूकम्पको तत्काल क्षतिको विवरण संकलन गर्ने काममा पनि सरकारले ढिलासुस्ती गरेको आरोप लगाए ।


Published :१७ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media