प्रदेश र संघको निर्वाचन आगामी मंसिर ४ गते गर्ने सरकारको निर्णय  

राष्ट्रपाटी न्युज

१९ श्रावण २०७९

काठमाडौं । सरकारले प्रदेश र संघको निर्वाचन आगामी मंसिर ४ गते गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गतेका लागि प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको हो।
मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचनको मिति घोषणा गरेको प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन् ।
बुधबार सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ मै संसदीय निर्वाचन गर्ने सहमति गरेको थियो। यसअघि निर्वाचन आयोगले आगामी मंसिर २ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्न सकिने सुझाव सरकारलाई दिएको थियो। तर, उक्त दिन शुक्रबार पर्ने भएकाले मुस्लिम समुदायलाई गाह्रो पर्ने भएकाले दुई दिनपछि मिति तय गरिएको बताइएको छ ।
निर्वाचनको मिति घोषणासँगै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार स्वतः कामचलाउमा परिणत भएको छ ।


Published :१९ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media