यो सरकार पूर्ण बहुमतसहित बनेको हो, कामचलाउ हैन : डिला संग्रौला

राष्ट्रपाटी न्युज

२२ श्रावण २०७९

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चुनाव घोषणा गरेको सरकार कामचलाउ भएको भन्दै सदनलाई विजनेश दिन नसक्ने टिप्पणी गरेका छन् ।

सांसद ज्ञवालीको प्रश्न छ, कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ ज्ञवालीलाई जवाफ दिँदै कांग्रेस सांसद डिला संग्रौलाले सरकार पूर्ण बहुमतको भएको बताइन् ।

यो सवाल जवाफ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्ताव अगाडि बढेको सन्दर्भमा भएको हो । एमाले सांसद ज्ञवालीले भनेका छन्, अब सदन अन्त्य हुने बेलामा ल्याएर हामीले न्याय गर्दैछौं यो उचित भएन । साथै उनले अब सरकारले नियमित ढंगले बिजनेस दिएर संसद चलाउनु उचित नहुने बताए ।

यसबारे जवाफ दिँदै कांग्रेस सांसद संग्रौलाले भनेकी छन्, यो सरकार कामचलाउ हो भन्नुभयो । उहाँहरुलाई हेक्का छ कि छैन, यो सरकार कामचलाउ सरकार हैन । पूर्ण बहुमतका साथ बनेको सरकार हो । पूर्ण बहुमतको सरकार हो । यो सरकार जनताप्रति उत्तरदायी छ । यसकारण सर्वोच्चमा बिचौलिया अगाडि नबढुन् भनेर महाअभियोग ल्याइएको हो । उनले बरु एमालेलाई चोलेन्द्रको पक्षमा नभई न्यायालयको स्वच्छताको पक्षमा उभिन आग्रह गरिन् ।


Published :२२ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media