फागु पर्वमा खेलिने रङहरूजस्तै विविधताबीचको एकता नेपालीको विशिष्ट पहिचान बनेको छः सभापति देउवा

राष्ट्रपाटी न्युज

फाल्गुन २९, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागु पर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व भएको बताएका छन्। फागु पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले होलीमा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपले विविधतापूर्ण रहेको उल्लेख गरेका छन्।

देउवाले वसन्त ऋतुको आगमनसँगै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले यस पर्वमा खेलिने विविध रङहरू जस्तै विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान बनेको उल्लेख गरेका छन्।

‘फागु पर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो। अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको छ। यस अवसरमा मेरो र पार्टीको तर्फबाट हार्दिक शुभकामना छ’ उनले भनेका छन्।


Published :फाल्गुन २९, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media