एकै दिन थप ९३४ जनामा कोरोना संक्रमण, एकजनाको मृत्‍यु

राष्ट्रपाटी न्युज

२३ श्रावण २०७९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९३४ जना कोरोना संक्रमित थपिएका छन् भने एकजनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४७० जना संक्रमणमुक्त भएका छन् ।

जसमध्‍ये ५ हजार ५०९ जना होम आइसोलेसनमा रहेका छन् भने १७७ जना संस्थागत आइसोलेसन र ४७ जना आईसीयूमा छन् ।

यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३५ हजार ६७२ पुगेको छ ।

यस्तै १० वर्षमुनिका १० जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४३ जनामा कोरोना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।


Published :२३ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media