नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त

राष्ट्रपाटी न्युज

२३ श्रावण २०७९

काठमाडौं । भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

प्रभाकरले भारतका लागि ३९ टेष्ट म्याच खेलेका छन् भने १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

नेपाल क्रिकेट संघ क्यानले सोमबार विज्ञप्ती जारी गर्दै प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । प्रभाकरलाई एक वर्षका लागि अनुबन्ध गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । उनले केही दिनभित्रै प्रशिक्षक नेपाल आउने र प्रशिक्षण सुरु गरिने पनि बताए ।

स्कटल्याण्डमा आईसीसी क्रिकेट विश्वकप लिग टु खेलेर फर्केलगत्तै पुबुदु दासानायकेले पदबाट राजीनामा दिएपछि नेपाल प्रशिक्षकविहीन थियो ।


Published :२३ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media