Close Menu
    आजका समाचार

    राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाता सम्मानित

    मंसिर १ २०८३, मङ्लबार

    नेपालगञ्ज दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण

    मंसिर १ २०८३, मङ्लबार

    सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा

    मंसिर १ २०८३, मङ्लबार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाता सम्मानित
    • नेपालगञ्ज दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण
    • सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा
    • भारतबाट ३५० मेगावाट विद्युत् आयात, ५६ मेगावाट निर्यातको अनुमति
    • एनपिएल : सुदूरपश्चिमद्वारा लुम्बिनीसामु १०६ रनको लक्ष्य प्रस्तुत
    • सहकारी ठगी मुद्दामा नेपालीसहित सात जनालाई कैद र जरिवाना
    • नीतिगत सुधार र सुशासनकै कारण राजस्व बढेको अर्थमन्त्री वाग्लेको दाबी
    • नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार अर्ब ७३ करोडमाथिको कारोबार
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»खेलकुद»सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा
    खेलकुद मंसिर १ २०८३, मङ्लबार

    सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा

    Manoj KhatiwadaBy Manoj Khatiwadaमंसिर १ २०८३, मङ्लबारUpdated:मंसिर १ २०८३, मङ्लबारNo Comments0 Views
    Clock मंसिर १ २०८३, मङ्लबार

    काठमाडौँ । साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ ।

    आज भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले हराउँदै लुम्बिनीले लगातार दोस्रोपटक फाइनलमा स्थान बनाएको हो । सुदूरपश्चिमले निर्धारित २० ओभरको खेलमा दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६ दशमलव ४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।

    लुम्बिनीका लागि निरोशन डिकवेलाले अर्धशतकीय पारी खेले । उनले २७ बलमा ७ चौका र २ छक्कासहित ५९ रन बनाए । यस्तै, दिलिप नाथले अविजित १० तथा कप्तान रोहितकुमार पौडेलले २७ बलमा एक चौकासहित २१ रन बनाए ।

    बलिङतर्फ सुदूरपश्चिमका लागि थरिन्दु रत्नायकेले दुई तथा स्कट कुगेलेइन र हेमन्त धामीले एक एक विकेट लिए ।

    त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनायो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । उनले ५१ बलमा तीन चौका र एक छक्काको मद्दतमा ५२ रन बनाए ।

    यस्तै, ईशान पाण्डेले ३३ बलमा तीन चौकासहित २७ रन बनाए । बाँकी ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यान र शेर मल्लले दुई दुई तथा किशोर महतो र अभिशेष गौतमले एक एक विकेट लिए । आजको हारपछि सुदूरपश्चिमले अब बुधबार हुने काठमाण्डु गोर्खाज र चितवन राइनोजबीचको एलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

    Manoj Khatiwada

    सम्बन्धित समाचार

    एनपिएल : सुदूरपश्चिमद्वारा लुम्बिनीसामु १०६ रनको लक्ष्य प्रस्तुत

    मंसिर १ २०८३, मङ्लबार

    एनपीएलको फाइनल प्रवेशका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

    मंसिर १ २०८३, मङ्लबार

    राइजिङ स्टार्स एसिया कप खेल्ने नेपाली टोली घोषणा

    कार्तिक ३० २०८३, सोमवार

    एनपीएलः जनकपुरविरुद्ध चितवनको जित, प्लेअफ पुग्ने सम्भावना मजबुत

    कार्तिक २७ २०८३, शुक्रबार

    एनपिएलः काठमाण्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

    कार्तिक २७ २०८३, शुक्रबार

    एनपीएलमा आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुरबीच भिडन्त

    कार्तिक २७ २०८३, शुक्रबार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार50

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48

    खस-आर्यको प्रतिनिधित्व र शसक्त ‘कांग्रेस २.०’ निर्माणकालागि कुमार खड्काको उम्मेदवारी

    अशोज ११ २०८३, सोमवार48
    समाचार अपडेट
    अर्थ

    राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाता सम्मानित

    By Manoj Khatiwadaमंसिर १ २०८३, मङ्लबार0

    काठमाडौं । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ।…

    नेपालगञ्ज दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण

    मंसिर १ २०८३, मङ्लबार

    सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा

    मंसिर १ २०८३, मङ्लबार

    भारतबाट ३५० मेगावाट विद्युत् आयात, ५६ मेगावाट निर्यातको अनुमति

    मंसिर १ २०८३, मङ्लबार

    एनपिएल : सुदूरपश्चिमद्वारा लुम्बिनीसामु १०६ रनको लक्ष्य प्रस्तुत

    मंसिर १ २०८३, मङ्लबार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.