नेकपा एमाले बूढानिलकण्ठ,१० ले प्रधानमन्त्रीलाइ बुझायो ५,३०० हस्ताक्षर

राष्ट्रपाटी न्युज

२५ श्रावण २०७९

काठमाडौं । नेकपा एमाले बूढानिलकण्ठ वडा नम्बर १० कमिटीले आज महंगी ,भ्रष्टाचार र बेतिथीको बिरुद्द भन्दै तयार गरिएको करिव ५,३०० हस्ताक्षर वडा कार्यालय मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाउन वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराईलाई हस्तान्तरण गरेको छ।

नेकपा एमालेको झन्डा र ब्यानर सहित आएको दर्जनौ कार्यक्रताको टोलीले वडाध्यक्ष मार्फत सरकारको ध्यानाकर्षण गरेको छ। गठबन्धन सरकारले अत्याधिक मुल्य वृद्धि गरेर जनताको ढाड सेक्नाले नेपाली जनताको जीवन यापनमा ठुलो मर्का परेको भन्दै मुल्य वृद्धि फिर्ता लिन दवाव दिइएको छ।

नेकपा एमाले बूढानिलकण्ठ १० ले जिल्ला कमिटि काठमाडौंको निर्देशन बमोजिम यही श्रावण २० , २१ र २२ गते संकलन गरेको करिव ५३०० हस्ताक्षर तथा ज्ञापन पत्र नेकपा एमाले बूढानिलकण्ठ १० का अध्यक्ष जगत निरौलाले हस्तान्तरण गरेका थिए। जनताको मागको तत्काल सम्बोधन नभए एमालेले कडा आन्दोलन गर्ने चेतावनी समेत उनले दिएका थिए।

आज एमालेले बूढानिलकन्ठ नगरपालिका सबै वडामा वडाध्यक्ष मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई हस्ताक्षर तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न गरेको छ।

यसैगरी भोलि नेकपा एमाले जिल्ला कमिटि काठमाडौंले समेत जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाइ हस्ताक्षर बुझाउने कार्यक्रम संचालन गर्ने भएको छ।


Published :२५ श्रावण २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media