एमालेले गठन ग-यो केन्द्रीय निर्वाचन परिचालन कमिटी

राष्ट्रपाटी न्युज

२६ श्रावण २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालयको बिहीबार बसेको बैठकले केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

बैठकले मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी तथा सञ्चालनका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहनेछन् ।

त्यस्तै जनसंगठनका अध्यक्ष र महासचिवहरूका साथै केन्द्रीय विभागका सचिवहरु रहने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बैठकले चुनावका लागि तयारी गर्न भदौ पहिलो साता स्थायी कमिटी,पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकसमेत बोलाएको छ ।


Published :२६ श्रावण २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media