माओवादीको चुनाव चिह्न लिएर निर्वाचन लड्दै बाबुरामको समाजवादी पार्टी

राष्ट्रपाटी न्युज

२९ श्रावण २०७९

काठमाडौं । डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीले माओवादीको चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिने भएको छ ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा भाग लिन सो दलले माओवादीको चुनाव चिन्ह लिने निश्चित भएको हो ।

दुई दलका शीर्ष नेताहरुबीच गठबन्धन बनाउन लगातार छलफल भइरहेको छ । आज बिहान पनि माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय डा भट्टराई र महेन्द्र राय यादवबीच भेटवार्ता भएको थियो ।

तीन नेताबीचको चरणबद्ध वार्तापछि एउटै चुनाव चिन्ह र घोषणापत्रबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिने सहमति भएको छ । यो सहमतिसँगै अब नेसपा सत्ता गठबन्धनको छैटौं घटक हुने निश्चित भएको छ । यसको औपचारिक घोषणा हुन भने बाँकी छ ।

नेपाल समाजवादी पार्टीले आँखा चिन्ह होल्ड गर्दै माओवादीकै गोलाकारभित्रको हसिया हथौडाबाट चुनाव लड्ने सहमति भएको छ । नेसपाका अध्यक्ष भट्टराई गोरखा क्षेत्र नम्बर २ र यादव सर्लाही ४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।


Published :२९ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media