स्थानीयले आज पनि बाटोमै रोके फोहर बोकेका गाडी

राष्ट्रपाटी न्युज

३० श्रावण २०७९

काठमाडौँ । काठमाडौंबाट फोहर बोकेर बञ्चरेडाँडा ल्याण्डफिल साइट जाँदै गरेका गाडीलाई राजनीतिक दलका स्थानीय प्रतिनिधिहरुले बाटोमै रोकेका छन् । हिजो फोहर थुपार्न नदिने घोषणा गरेका सत्तारुढ तीन दलका स्थानीय नेताहरुले आज फोहरका गाडी रोकेका हुन् ।

आज फोहर लिएर ल्याण्डफिल्ड साइट जाँदै गरेका गाडीहरु बाटोमै रोकिएका काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । राजनीतिक दलहरुको अवरोधका कारण आज बिहान काठमाण्डौबाट गएका कुनै पनि गाडीले फोहर खसाल्न पाएका छैनन् । हिजो गएका २५ वडा गाडीले मात्र फोहर खसालेका थिए ।


Published :३० श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media