आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी लाग्न सभापति देउवाको निर्देशन

राष्ट्रपाटी न्युज

३० श्रावण २०७९

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने गरी लाग्न निर्देशन दिएका छन् ।

सोमबार सानेपामा कांग्रेस पार्टीबाट निर्वाचित जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले कांग्रेसको ध्यान आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने रहेको बताएका हुन् ।

सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा गरेको छ। प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० सिट छन् । उनले आगामी निर्वाचनमा गठबन्धन कायम हुने बताए ।

उनले गठबन्धन छँदैछ त्यसैले निर्वाचन जितिन्छ, टिकट चाहिन्छ नभन्न समेत आग्रह गरे । उनले जनताभन्दा ठूलो अरु कोही नभएकाले जनभावना अनुसार काम गर्नुपर्ने धारणा राखे ।

उनले भने, ‘जनताभन्दा ठूलो अरु कोही छैन । जनताको विश्वास लिन जनतामाझ जानुहोस् । जनताले गाउँमै सिंहदरबार ल्याएको महसुस हुने गरी काम गर्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई समेत निर्देशन दिए । उनले सिंहदरबारको अधिकार गाउँमा पुगिनसकेको बताए ।


Published :३० श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media