सर्वोच्चद्वारा भुवन केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्ति गर्नुको कारण माग

राष्ट्रपाटी न्युज

३० श्रावण २०७९

काठमाडौँ । सर्वोच्च अदालतले सरकारसँग चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्ति गर्नुको कारण माग गरेको छ ।

सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड र भुवन केसीसँग लिखित जवाफ माग गरेको हो ।

विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि केसीको शैक्षिक योग्यता नपुग्ने भन्दै अध्यक्षका दाबेदार नरेश पौडेलसहित ५ जनाले गत शुक्रबार रिट दिएका थिए ।

उनीहरुले केसीलाई अध्यक्ष पदमा रही कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश पनि माग गरेका थिए । तर सर्वोच्च अदालतले अन्तरिम आदेशबारे छलफलका लागि भदौ २ गते बिहीबार दुवै पक्षलाई बोलाएको रिट निवेदकतर्फबाट बहस गरेका कानुन व्यवसायी अधिवक्ता सूर्यबहादुर पाण्डेले बताए ।


Published :३० श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media