थप ६५८ जनामा कोरोना संक्रमण, १ जना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६५८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ३८१ पीसीआर परीक्षणमा ४०५ जना र तीन हजार २६२ एन्टिजेन परीक्षणमा २५३ जना गरी ६५८ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । त्यस्तै ४५६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर चार हजार २९६ जना सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार १३४ जना होम आइसोलेसनमा रहेका छन् भने १६२ जना संस्थागत आइशोलेशन र ५० जना आईसीयूमा छन् ।

यस्तै १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४४ हजार ९४० पुगेको मन्त्रालयले जनाएको छ ।


Published :६ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media